काठमाडौँ– नेकपा एमालेको जारी पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका बेला स्वस्थ्यमा समस्या देखिएको छ । जसको कारण उहाँले सो राजनीतिक प्रतिवेदनको पूर्णपाठ प्रस्तुत गर्न सक्नुभएन ।
उद्घाटनपछि सुरुमै अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गर्न लाग्नुभएको थियो । सोही क्रममा एमालेको राजनीतिक इतिहास खण्ड प्रस्तुत गर्दै गर्दा ओलीले अब आफूलाई गाह्रो भएको भन्दै बाँकी प्रतिवेदन प्रस्तुत गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई जिम्मा दिनुभएको छ ।
अहिले पोखरेलले प्रतिवेदन प्रस्तुत गरिहनुभएको छ।
प्रतिक्रिया