संसद अवरोधलाई निकास दिन सर्वदलिय बैठक बस्दै, मन्त्रिपरिषद् बैठक पनि आजै डाकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ

मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक र मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ।

देउवाले विहीवार विहान १० बजे बालुवाटरमा सर्वदलीय बैठक बोलाउनुभएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै त्यस्तै आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ । यसअघिका संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गरेको थियो ।