आज मिति २०७८ असोज १४ गते बिहीबार, इस्वीसंवत सेप्टेम्वर ३० तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१ ।
यस्तो छ आजको राशिफल
मेषः मेष राशि भएकाहरूका आज आम्दानीमा कुनै कमि हुनेवाला छैन । स्वास्थ्य रामै्रै रहने छ । नाम चल्ने काममा लगानी गर्ने दिन छ ।
वृषः आज समय अत्यन्तै खराब छ । मानसिक चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । शरीरको कुनै पनि भागमा रोग लाग्ने, दुख्ने, चोट लाग्ने सम्भावना बलियो छ । आम्दानीभन्दा खर्च ज्यादा भई दिने अवस्था रहनेछ ।
मिथुनः आज पनि समय राम्रो छ । स्वास्थ्य पनि राम्रै रहनेछ । धार्मिक, सामाजिक काममा लाग्न पाइनेछ, लाग्दा राम्रो हुनेछ । घरमा कुनै धार्मिक कार्यक्रम गरने सम्भावना पनि त्यत्तिकै रहेको छ ।
कर्कटः आज समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ ।
सिंहः आज सिंह राशि आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । उच्च मनोवल भएका व्यक्तिसंग सम्पर्क बढ्ने दिन पािन आज रहेको छ ।
कन्याः आज भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि निराशाको अनुभव नगरी लागि पर्दा राम्रो हुनेछ ।
तुलाः आज पनि स्वास्थ्य राम्रो रहनेछैन । मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भै रहनेछ । पानीबाट विशेष सतर्क हुनुहोला ।
वृश्चिकः आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।
धनुः आज पनि समय राम्रै रहनेछ । स्वास्थ्य राम्रो, धेरैजसो समय सुखमय देखिन्छ । सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्नेछ । पुराना काम कार्वाही सम्पादन हुनेछन् ।
मकरः आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार व्यवसाय एवं विदेश विभाग सोचे जस्तै हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ ।
कुम्भः आज समय खराब नै रहनेछ । पश्चिम दिशाको यात्रामा झन्झट, घरमा अनावश्यक कलह मच्चिन सक्ने हुनाले सतर्क रहनु होला । अरूको लहैलहैमा लाग्दा प्रहरीको फन्दामा पनि पर्न सकिने सम्भावना छ ।
मीनः आज समय खराब रहनेछन् । सरकारी काम बन्ने छैन । अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला ।
प्रतिक्रिया