काठमाडौं
बुधबार नेपालमा १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ११३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६५२ जनाको पीसीआर परीक्षणमा ८९२ र ३ हजार ८८९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २६५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया