नेप्सेमा छायो हरियाली, आज ५० अंकको वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ
लगातार घटेर राताम्मे भएको नेप्सेमा आज भने हरियाली छाएको छ । अघिल्ला दिनहरुमा लगातार घटेको नेप्से आज बुधबार भने ५० दसमलव ५८ अंकले बढेर दुुई हजार छ सय ६५ दसमलव ९३ अंकमा पुगेको छ । सेन्सिटिभ पनि आठ दसमलव ५८ अंकले बढेर पाँच सय तीन दसमलव ४६ अंकमा चढेको छ ।

दुुई सय २९ वटा कम्पनीह्रुको ६३ हजार नौ सय १६ पटकको कारोवारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुुल सेयर कारोवार रकम पाँच अर्ब दुुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव २९ अंकले बढेर १८ सय ९० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय १७ दसमलव ३४ अंकले बढेर दुुई हजार नौ सय एक दसमलव १५ अंकमा पुगेको छ ।

यसैगरी फाईनान्स समुहको सुचक पनि एक सय सात दसमलव ४७ अंकले बढेर दुई हजार तीन सय १२ दसमलव २५ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।