चाडपर्व आएसंगै बढ्न थाल्यो तरकारीको मूल्य? कति बढ्यो दुइ सातामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ
चाडपर्व नजिकिएसँगै बजारमा तरकारीको भाउ बढ्न थालेको छ । ।दुई सातायता तरकारी भाउ ह्वात्तै बढेको पाइउको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य अनियन्त्रित रुपले बढेको छ ।

भदौको अन्तिम साता गलभेँडा थोकमा प्रतिकेजी १५र२० रुपियाँ रहेको थियो भने असोजको दोस्रो साता ३८ रुपियाँ पुुगेको छ । त्यस्तैने आलु रातो भदौ अन्तिममा प्रतिकेजी ४५ थियो भने अहिले ६० रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

यतिवेला काठमाडौमा बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । माग बढेसंगै मूल्य पनि बढेको देखिन्छ ।