कोरोना अपडेटः मंगलबार १ हजार १५८ जनामा संक्रमण १२ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ
मंगलबार थप एक हजार १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ९३ हजार २७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ३ जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ८३ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ।

यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १३१८ जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ६३ हजार ७३४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ पुगेको छ।