नेप्से घट्ने क्रम रोकिएन, आज पनि ७० अंकको पहिरो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ

नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से ७० दसमलव एक अंकले घटेर २६ सय १५ दसमलव ४० अंकमा झरेकोमा सेन्सिटिभ पनि ११ दसमलव ४२ अंकले घटेर चार सय ९४ दसमलव ९१ अंकमा झरेको छ । आज दुुई सय १८ वटा कम्पनीहरुको ७५ हजार तीन सय ७४ पटकको कारोवारमा एक करोड ३० लाख ३४ हजार आठ सय २८ कित्ता सेयर किनबेच हुंदा कुल सेयर कारोवार रकम पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा आज सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक ३६ दसमलव तीन अंकले घटेर १८ सय ६९ दसमलव ७१ अंकमा झर्दा फाईनान्स समुहको सुचक एक सय ७५ दसमलव ५९ अंकले घटेर दुुई हजार दुई सय २० दसमलव ३४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पनि कुुमारी बैंक नै परेको छ ।