काठमाडौ
सरकारले समाजकल्याण परिषदका पदाधिकारीहरुले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको जनाइएको छ । समाजकल्याण परिषदका केही दिन अघि राजीनामा दिएका थिए ।
समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्यसचिव पुष्कर खाती तथा सदस्यहरु मणिराम बञ्जाडे,गोविन्द बहादुर शाही, नानीमाया थापा, ब्रम्हध्वज गुरुङ र शुशीला ज्ञवालीको राजीनामा स्वीकृत गर्ने भएको हो ।
यसैगरी सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार सोमवार बसेको बैठकले निम्न निर्णय गरेको छ ।
गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा गुल्मीका विष्णु प्रसाद सुवेदीलाई नियुक्त गर्ने
सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेय संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिने ।
रासायनिक मल नियन्त्रण, दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने ।
तेजाव लगायतका घातक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृत दिने ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।
शिखर नगरपालिकालाई प्रशासनिक भवन निर्माण गर्न सरकारी जग्गा लिजमा उपलव्ध गराउने ।
विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
प्रतिक्रिया