नेप्सेमा भारी गिरावट, सबै समुह राताम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ

आज सोमबार नेप्से एकैदिन ७३ दसमलव पाँच अंकले घटेर २६ सय ८५ दसमलव ४१ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ९४ अंकले घटेर पाँच सय छ दसमलव ३३ अंकमा झरेको छ ।

दुई सय २७ वटा कम्पनीको ६७ हजार पाँच सय ८७ पटकको कारोवारमा एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम पाँच अर्ब १२ करोड नौ लाख ७३ हजार ९६ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव आठ अंकले घटेर १९ सय पाँच दसमलव ७४ अंकमा झर्दा जलबिद्युुत समुुहको सुचक पनि ८० दसमलव ६१ अंकले घटेर दुई हजार नौ सय २२ दसमलव ६१ अंकमा झरेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

बढी कमाउने कम्पनीहरुको सुुचीमा आज मनकामना स्र्माट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा गुुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।