एमालेको लगातार अवरोध पछि ४ दिनका लागि स्थगित भयो प्रतिनिधी सभा बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण आज बसेको संसद बैठक प्रभावित भएको छ । एमालेका सांसदले बैठक शुरु भएदेखि नै विरोध गरेपछि बैठक ६ मिनेटमै सकिएको थियो ।

दिउँसो सवा २ बजे नयाँ बानेश्वरमा बसेको बैठकको सुरूमै उठेर एमाले सांसदहरुले रोष्ट्रम अगाडि उभिँदै नाराबाजी गरेका थिए। बैठक एमाले सांसदको नाराबाजी भैरहेका बेला तीन वटा कार्यसूचीमा प्रवेश गरेको थियो ।

तर विरोध समम्य नभएपछि सभामुख सापकोटाले असोज १४ गते बिहीबार दिउँसो १ बजेसम्मलाई स्थगित गरेको घोषण गर्नुभएको थियो । एमाले सांसदको नाराबाजीबीच सभामुख अग्नि सापकोटाले राष्ट्रपतिको कार्यालयबाट आएको विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोराबारे सांसदलाई अवगत गराउनुभएको थियो ।