काठमाडौं
नेपाली कांग्रेस नेता डा. राम शरण महतले एमसिसि मुलुकको हितका लागि भएकोले त्यसको अनुदान साहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
डा. महतले आफ्नो सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै एमसिसिलाई लामो समय अल्झाएर राख्नु नहुने वताउनुभएको छ । उहाँले नेपालको अर्थतन्त्र सुधारको लागि प्राप्त हुने सहयोग संबन्धी संझौताबारे ग़लत अर्थ नलगाउन समेत आग्रह गर्नुभयो ।
उहाँका अनुसार आन्तरिक बिज्ञहरूको अध्ययनबाट छानिंएको ऊर्जा एवं यातायात क्षेत्रका परियोजना कार्यान्वयनका लागि आउने ठूलो अनुदान सहायता मुलुकको आर्थिक हितका लागि हो ।
सन् २०१७ सेप्टेम्बर १४ मा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशले एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त परियोजनाका लागि नेपाल २०११ मा छनोट भएको थियो ।
त्यसको कार्यविधि २०१४ मा बन्यो । नेपाल सरकारले निजी क्षेत्र, नागरिक समाज तथा सम्बन्धित पक्षहरूसँग छलफल गरेपछि मात्रै उक्त सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका थिए ।
अहिले सो अनुदान नेपाल त्याउन हुने कि नहुने भनेर राजनीतिक रुपमा तिव्र बहस भएको छ ।
प्रतिक्रिया