काठमाडौँ /सोमबार सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ३०० रुपैयाँले बढेर कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला आज ८९ हजार ३०० रुपैयाँ पर्नेछ भने तेजावी सुनलाई ८८ हजार ८५० रुपैयाँ पर्नेछ ।
यसअघि ८९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार १६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया