इतिहासमा यो साताः यस्ता घटना घटेका थिए इतिहासमा (२४ सेप्टेवर देखि ३० सेप्टेम्वर सम्म)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

२४, सेप्टेम्बर

वि.सं.२००५ (सन् १९४८) मा होन्डा मोटर कम्पनीको स्थापना भएको थियो । त्यस्तै
वि.सं २०३०(सन् १९७३)  गिनी बिसाउ पोर्चुगलबाट स्वतन्त्र भएको थियो । यसैगरी वि.सं. २०७१ सन् २०१४ मा भारतको मङ्गल परियोजना मङ्गलयानले मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको थियो ।

२५, सेप्टेम्बर

वि.सं. २०२९ (सन् १९७२) एक जनमत संग्रहमा नर्वेका मानिसहरुले युरोपेली समुदायको सदस्यतालाई अस्विकार गरेका थिए भने वि.सं. २०३८ (सन् १९८१) बेलिजले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । त्यस्तै वि.सं. २०६० (सन् २००३ं) मा जापानमा .० रेकटर स्केलको भूकम्प गएको थियो ।

२६, सेप्टेम्बर

वि.सं. २०१६ (सन् १९५९) मा ( जापानमा भेरा नामको बिनासकारी सामुन्द्रिक आंधी गएको थियो जसले ४ हजार ५८० जनाको ज्यान लिनुका साथै १६ लाखलाई घरवार बिहिन बनाएको थियो । त्यस्तै वि.सं. २०३७ (सन् १९८०) ( जर्मनीको म्युनिखमा आतंककारीले बम बिष्फोट गराउँदा १३ जनाको ज्यान गएको

२७, सेप्टेम्बर

वि.सं १८७८ सन् (१८२१)मेक्सिकोले स्पेनबाट स्वतन्त्रता प्राप्त गरेको थियो । यस्तै वि.सं. २०६० (सन् २००३) स्मार्ट १ भू(उपग्रह प्रक्षेपित गरिएको थियो ।

२८, सेप्टेम्बर

वि.सं. १८४८ (सन् १७९१) फ्रान्सले आफ्नो यहुदी जनसंख्यालाई स्वतन्त्र गरेको थियो । यसैगरी वि.सं. २०१६ (सन् १९५९) मा अमेरिकी उपग्रह एक्सप्लोर ६ ले पृथ्वीको पहिलो चित्र लिएको थियो । वि.सं. २०१७ (सन् १९६०) मा माली तथा सेनेगल संयुक्त राष्ट्रको सदस्य भएका थिए भने ।
वि.सं. २०६५ (सन् २००८) मा ( स्पेस एक्सले पहिलो प्राइभेट अन्तरिक्षयान फाल्कन १ को प्रक्षेपण गरेको थियो ।

२९, सेप्टेम्बर

वि.सं. २०७० (सन् २०१३) मा नाइजेरियाको गुजबामा एक शैक्षिक संस्थामा आतंकबादी समुहको हमलाबाट ४२ जनाको मृत्यु भएको थियो ।

३०, सेप्टेम्बर

वि.सं. २०३६ (सन् १९७९) मा हङकङमा मेट्रो रेल सेवाको शुरूवात भएको थियो ।त्यस्तै वि.सं. २०६२ (सन् २००५) डेनमार्कका पत्रिका जेएल्याड्स(पोस्टेनले मोहम्मदको विवादास्पद चित्र प्रकाशन गरेको थियो ।