कोरोना अपडेटः थप १४७६ जनामा संक्रमण, १५५० डिस्चार्ज, ९ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ

आज शुक्रवार थप एक हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१ दुई पुगेको छ।

यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८९ हजार ८७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ६९० जनाको परीक्षण भएको छ । हालसम्म ४१ लाख ४६ हजार ७८३ जनाको पीसीआर परीक्षण गरिएको छ।

यसैगरी पछिल्लो २४ घण्टामा १५५० जनाले कोरोना जितेका छन् । यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ पुगेको छ ।