नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी, यी दस्तावेजमा छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ /प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केही बेर अघि सुरु भएको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल भैरहेको छ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यस्तै महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव पेश गर्ने भएका छन्।

बैठक दुई दिनसम्म चल्नेछ। यसअघि पनि एमालेको स्थायी कमिटी बैठक यी आइतबार र सोमबार बसेको थियो। त्यसबेला ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए।