काठमाडौँ / साताको अन्तिम दिन शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको छ । चाँदीको भाउ भने सामान्य बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८९ हजार रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ८८ हजार ५५० रुपैयाँ पर्नेछ ।
यता, बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार चाँदी आज एक हजार १६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रतिक्रिया