यस्तो जीवनशैली अपनाउनुस्, स्वस्थ भइन्छ ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

स्वास्थ्यका दृष्टिले पनि बिहान सवेरै उठ्नु निकै फाइदाजनक हुन्छ । बदलिदो समाज र फेरिदो जीवनशैलीका कारण मानिसहरु ढिलोसम्म जागै बस्ने र विहान ढिलासम्म सुत्ने चलन बढेको छ । यसो गर्दा भेरै समस्या आइपर्छन । सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो र प्राकृतिक मानिन्छ ।

सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ । यस समयमा निम्न काम गर्नुस जसले तपाईको जीवन बदल्छ ।

सूर्योदय अघि तामाको भाँडामा राखेको पानी पिउनु स्वस्थ्यका दृष्टिले राम्रो हुन्छ । विहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ भने विभिन्न विभिन्न रोगबाट छुटकारा पाइन्छ

विहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ। यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ। स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ ।

योग ध्यान बाट दिमाग एकिकृत गर्नुस् ।विहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम हुन्छ । तपाईले आफ्नो दैनिकीलाई बदल्नु छ भने विहानै योग गर्नुस् । विहानको हावा स्वास्थ्यवर्धक मानिन्छ ।