नेपाल नेतृत्वको पार्टीप्रति ओलीको आलोचनाः’ यिनीहरुले फाटोको खेती गर्छन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको पार्टी र सरकारको निकै आलोचना गर्नुभएको छ । साथै उहाँले सो पार्टीले आज चयन गरेका पदाधिकारप्रति पनि असंतुष्टी जनाउनुभएको छ ।

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गर्नुभयो । साथै ओलीले सरकारमा बस्नेहरुको मनभित्र मुटु होइन ढुंगा रहेको बताउनुभयो ।

माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा दिदै उहाँले भन्नुभयो माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’

यसैगरी ओलीले पार्टीसम्वद्ध कर्मचारी संगठनको कार्यालयमा ताला लगाएकोमा विरोध गर्दै सरकारमाथि प्रहरीलाई कानून उल्लंघन गर्ने संयन्त्रका रुपमा प्रयोग गरेको दावी गर्नुभयो ।