काठमाडौ
अव ट्याक्सी सेवा व्यवस्थित हुने भएको छ । ट्याक्सी सेवालाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा सुरू भएको छ। बुधबारबाट सो सेवा सुरू गरिएको हो ।
कम्पनीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङका अनुसार मेट्रो अनलाइन ट्याक्सी एपमार्फत उक्त सेवा लिन सकिने छ । यो सेवा सुरू भएपछि अब सेवाग्राहीले न्यूनतम ९९ रूपैयाँमा ट्याक्सी चढ्न पाउँछन्।
एक किलोमिटर गुडेको ९९ रूपैयाँ र त्यसपछि थप प्रतिकिलोमिटर ३९ रूपैयाँ यात्रुले तिर्नुपर्छ वताइएको छ । कम्पनीले बुधबार देखि दुई सय ट्याक्सीमार्फत सेवा सुरू गरेको हो।
प्रतिक्रिया