काठमाडौ / राष्ट्रियसभाले विनियोजन विधेयक पारित गरेको छ । अव सो विधेयक राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक पारित गरेको हो ।
यता प्रतिनिधिसभाको बैठकले पनि विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी गरेको छ । प्रतिनिधी सभाले विनियोजन विधेयक पारित गरेर राष्टपतिबाट प्रमाणीकरण भएपछि सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।
प्रतिक्रिया