आज घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । बिहीबार सुनको मूल्य पाँच सय रुपैँयाले ले घटेको छ । बुधबार ९० हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार रु. ८९ हजार ६०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तेजाबी सुन बुधबार प्रतितोला रु. ८९ हजार ६५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा बिहीबार प्रतितोला रु.१० ले घटेको छ ।