नेकपा एकीकृत समाजवादीका पदाधिकारी चयन, उपाध्यक्ष र सचिव चार /चार जना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ

नेकपा एकीकृत समाजवादीले आजको बैठकबाट पदाधिकारीको टुंगो लगाएको छ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम चयन भएका छन् ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्दै चार जना उपाध्यक्ष बनाएको छ।जसमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष रहेका छन्।यसैगरी उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।

साथै जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव गरी चार जना नै सचिव बनाएको छ।