आजको राशीफलः यस्तो देखिन्छ तपाँइको भाग्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

आज वि.स.२०७८ साल असोज ०७ गते, बिहीबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।यस्तो छ आजको राशिफल

मेषः पढाइ लेखाइमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

वृषः काम गर्दा ध्यान नदिए दण्ड तथा जरिवाना हुन सक्छ । व्यापारको लागी बिहानको समय उत्तम रहेको छ ।

मिथुनः दाजुभाई तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी आजको समय उत्तम रहेकोछ । शिक्षामा भनेजस्तो प्रगती गर्न सकिनेछ ।

कर्कटः आफ्नो धन सम्पतीमा अरुले आखा लगाउनेछन् । तरपनि बिहानको समय राम्रो रहेकोछ छोटो दुरिको यात्रा गर्न सकिनेछ ।

सिंहः कामकै सवालमा विशिष्ट व्यक्तित्वहरुसँग भेट हुनेछ । अध्ययनमा मन जानेछ । बिहानीपख समय मध्ययम रहेकोछ यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्याः अध्ययनमा सफलता प्राप्त गर्न प्रसस्त समय खर्चनु पर्नेछ । व्यापारमा नाँफा कमाउन प्रशस्त समय खट्नु पर्नेछ ।

तुलाः सवारी साधन,भौतिक सम्पती र विलाशी सामान प्राप्तीको योग रहेकोछ । प्रणय सम्बन्ध थप सुदृड हुनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुने योग रहेकोछ ।

वृश्चिकःअध्ययनमा मन जाने छैन । मामा वा आफन्तसँग विवाद हुनेछ । ऋण लाग्ने र सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ ।

धनुः आफन्त तथा सन्तानले सहयोग गर्नेछन् । मन परेको मानिसबाट उपाहार प्राप्तीको बलियो सम्भावना रहेकोछ ।

मकरः सवारी साधनको प्रयोग गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला । घरजग्गाको काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ ।

कुम्भः लेखन कला तथा साहित्यमा बाकी रहेका कामहरु थाती रहनेछन् । आट गर्न नसक्दा हातमा आईसकेको काम फुत्कनेछ ।

मीनःअध्ययनमा मन जानेछ । प्रेममा सम्बन्ध सकारात्मक बाटोमा अगाडी बढ्नेछ । रमाईलो यात्रा गरि मिठो भोजनका साथ रमाउन सकिनेछ ।