कोरोना अपडेटः आज १,४७८ जनामा संक्रमण १६३० लाई निको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १ हजार ६३० जना निको भएका छन् ।

११हजार ७६ पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा २ सय २७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ भने ७ लाख ५५ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार १३९ छ । जसमध्ये १९ हजार ८०५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ३३४ जना आईसीयू र १९९ जना भेन्टिलेटरमा उपचाररत् रहेको जनाइएको छ ।