काठमाडौं । सरकारले नेपालमा चालु आर्थिक वर्ष २०७८र७९ को आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा हुने अनुमान गरेपनि एसियाली विकास बैंक (एडीबी)ले भने ४.१ प्रतिशत रहने वताएको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणका अनुसार चालु आर्थिक वर्षमा सरकारले गरेको अनुमानको तुलनामा करीब आधा कम मात्र लक्ष्य भेट्ने उल्लेख गरिएको छ ।
कोभिड(१९ को घट्दो क्रम र आर्थिक गतिविधिमा भएको सुधारले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ । कोरोना महामारीका कारण प्रभावित क्षेत्रको पुनरुत्थान र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी बढाउने घोषणाको सकारात्मक प्रभाव समेत अर्थतन्त्रमा पर्नेछ भन्दै एडिवीले खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने प्रक्षेपण गरेको छ ।
यो वर्ष मुद्रास्फिति भने ५.२ प्रतिशतसम्म पुग्ने अनुमान छ । अघिल्लो आवमा मुद्रास्फिति ३.६ प्रतिशत मात्र रहेको छ । पछिल्ला महिनामा निर्यात वृद्धि भएको तथ्यांक आएको छ ।
प्रतिक्रिया