काठमाडौ/नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास प्रकरणमा आफूलाई फसाइएको बताउनुभएको छ । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि पत्रकार सम्मेलन गर्दै उनले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको उहाँको दावी छ ।
उहाँलेले आफूले सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णय भएको बताउनुभयो।
‘सरकारको गुरूयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन अनुसार उक्त फायल अघि बढेको हो र आफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भन्नुभयो ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरूयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन।’
आफ्नो पचास वर्षे राजनीतिक र सामाजिक जीवन नै ध्वस्त गर्ने कुत्सित उद्देश्यबाट रचिएको भन्दै सो षड्यन्त्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग गरिएको समेत जिकिर गर्नुभएको छ ।
प्रतिक्रिया