परराष्ट्रमन्त्रीमा नियुक्त खड्काद्धारा सपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज विहान परराष्ट्रमन्त्रीमा नियुक्त भएका कांग्रेस नेता नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा आयोजित समारोहमा खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो। सपथ ग्रहण गरेर कार्यभार सम्हालेपछि मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जित्नुभएको हो