काठमाडौ आज सुनको भाउ तोलामा ९ सयल् बढेको छ । मंगलबार ३ सय रूपैयाँ बढेको सुनको मूल्य बुधबार ९ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा ९० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन तोलामा ८९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । बुधबारको लागि तेजावी सुनको मूल्य तोलामा ८९ हजार ६५० रूपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदी तोलामा २५ रूपैयाँ बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलामा १ हजार १४० रूपैयाँमा कारोबार भएकोमा बुधबार १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया