काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त हुनुभएको छ । ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएकोहो । ।
शेरबहादुर देउवाको सचिवालयका अनुसार खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ अजै दिउँसो गराउने वताइएको छ । त्यसपछि मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । खड्काले उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव प्रतिनिधि सभा सदस्यको जित्नुभएको हो । ।
प्रतिक्रिया