काठमाडौं /नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक शुरु भएको छ । बुद्धनगरमा शुरु भएको बैठकमा पार्टी गतिविधिको समीक्षा, पार्टी एकता, चुनाव चिन्ह लगायतबारे छलफल हुने प्रचार विभागले जनाएको छ ।
नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीको यो पहिलो केन्द्रीय कमिटी बैठक हो ।
यसअघि ८ भदौमा पनि केन्द्रीय कमिटी बैठक बसेको थियो । तर त्यसबेला एकीकृत समाजवादीले वैधानिकता पाएको थिएन ।
प्रतिक्रिया