काठमाडौ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिमा नैराश्य प्रदान काम गरेको भन्दै निरङ्कुश राजतन्त्र लडेर मुलुकलाई संघीय गणतन्त्रसम्म ल्याए पनि जनतामा निराशा छाउने काम गरेको वताउनुभएको छ । उहाँले सरकारले संविधान दिवसमा वितरण गरेको पदकको विरोध गर्दै रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो भनेर टिप्पणी गर्नुभयो ।
उहाँले आफू प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए के हुन्थ्यो ?बुद्धिजीवी, नागरिक समाजले के भन्थे ? भन्ने गर्नुभयो । अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको उहाँको टिप्पणी थियो ।
साथै अध्यक्ष ओलीले कार्यक्रममा स्व.जननेता मदन भण्डारीको नेतृत्व, विचार र उहाँले अघि बढाएको आन्दोलन असाधारण भएको पनि बताउनुभएको छ। मदन भण्डारीले अघि सारेका विचार, उनले गरेको नेतृत्व र आन्दोलन छोटो समयमै गति लिन सफल भएकाले त्यो असाधारण रहेको उहाँको तर्क थियो।
ओलीले मदनले भण्डारीलेअघि सारेको नवीन र समयानुकूल सोचलाई आफ्नो पार्टीले अघि सारेको भन्दै पछिल्लो समय अस्थायी घटनाक्रम देखिएको उल्लेख गर्नुभयो । उहाँले संविधान, लोकतन्त्र, जनजीविका, राजनीतिक प्रणालीको परिचालन, न्याय र समानताका प्रश्नमा मदन भण्डारी युगान्तकारी विचार शिलशिलागत ढंगले सम्प्रेषण गर्न सफल भएको वताउनुभयो ।
प्रतिक्रिया