संविधान संशोधन गरी संवैधानिक अस्थीरता टारौं- दमननाथ ढुंगाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्व सभामुख दमननाथ ढुङ्गानाले संविधान कहिल्यै पूर्ण नहुने भन्दै त्यसलाई संशोधन गरिरहनुपर्ने वताउनुभएको छ । मंगलबार काठमाडौमा आयोजित श्वेतशार्दुल पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्व सभामुख ढुंगानले संविधानको समयमै संशोधन गरेर संवैधानिक अस्थीरता टार्नुपर्ने बताउनुभएको हो ।

रमेश रुन्छेन राईद्धारा लिखित मदन भण्डारीको जीवनमा आधारित पुस्तकश्वेतशार्दुलको विमोचनका क्रममा उहाँले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले अंशबण्डामा परेको बताउनुभयो । । अहिले त जबज पनि अंशबण्डामा परेकोमा चिन्ता व्यक्त गर्दै उहाँले अंशबण्डमा कता पर्ने हो थाहा नभएको उल्लेख गर्नुभयो ।

।उहाँले कम्युनिस्ट पार्टीहरू पावर सेयरिङ नगरी पावर कन्सन्टेशनमा लाग्दा टुक्रिने गरेको पनि बताए । ‘मदन भण्डारीले कसरी लचिलो भएर जबजको भरमा पार्टीलाई अघि बढाउनुभएको थियो रु’, एमाले अध्यक्ष केपी ओली समेत सहभागी कार्यक्रममा ढुङ्गानाले भन्नुभयो, ‘मदनले कम्युनिस्ट पार्टीलाई पनि बचाउनुभयो, कम्युनिस्ट आन्दोलनलाई पनि बचाउनुभयो । संसदीय व्यवस्थाभित्र पस्नुभयो र आफ्नो नेता मनमोहन अधिकारीलाई प्रमुख प्रतिपक्षको नेता बनाउनुभयो ।’