काठमाडौ /सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाको राजीनामा माग गरेको हो । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसदले उनको राजीनामा माग गरेका हुन् । उनलाई एमाले सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको आरोप लागाएका थिए।
आजको बैठकमा पनि एमालेका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए । आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदहरुलाई कारबाही गरेको सिफारिस अनुसार उनीहरुलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप सांसद श्रेष्ठले लगाए।
प्रतिक्रिया