काठमाडौ /आज नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा आज वडा अधिवेशन गर्दैछ। काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने कांग्रेसले जनाएको छ।
आज हुने अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। कांग्रेसले भदौ १८ देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनेको थियो । तर ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो। बाँकी २० जिल्लामध्ये १३ जिल्लामा अधिवेशन हुन सकेको छैन।
समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ मा गर्ने भनेको गाउँरनगर अधिवेशन प्रभावित हुने भएको छ। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँरनगर अधिवेशनका मतदाता हुन्छन्। कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ
प्रतिक्रिया