भारतिय तस्करले कञ्चनपुरका सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ/कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्। घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सातरआठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढुंगामुढा प्रहार गरेका हुन्। भारतबाट तस्करले सामान लिएर आउने क्रमममा गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिने क्रममा ढुङ्गामुढा प्रहार गरी भागेको उहाँले वताउनुभयो ।

‘भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुङ्गामुढा प्रहार गर्नेहरूको समूहको खोजी गरी कारबाही गर्ने अश्वासन दिएको छ,’ उहाँले भन्नुभयो, ‘तस्कहरूको भारतीय निकटवर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौं।’
राससबाट