कस्तो रहनेछ आजको दिन ? हेर्नुस् राशिफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज वि.सं २०७८ साल असोज ०५ गते मंगलबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११४१ ।

राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– प्रतिपदा, रातको ०५ बजेर १३ मिनेट उप्रान्त द्घितीया । नक्षत्र–उत्तराभाद्रपदा, रातको ०५ बजेर ४२ मिनेट उप्रान्त रेवती । योग– गंड, बेलुकी ०४ बजेर ०८ मिनेट उप्रान्त वृद्धि । करण–बालव, बेलुकी ०५ बजेर ०० मिनेट उप्रान्त कौलव, रातको ०५ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सिद्धि योग ।

चन्द्रराशि–मीन । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान ३० घडी २० पला । पञ्चक,सोह्रश्राद्धारम्भ, प्रतिपदाश्राद्ध, विश्व शान्ति दिवस, पुञ्चलीभुजा ।

हेर्नुस् आजको राशिफल

मेष

कर्म प्राप्तिको निम्ति लामो दुरीको विदेश यात्रा हुने योग रहेको छ । पढाइ लेखाइमा सुधार हुनेछ । ।

वृष

व्यापार व्यवसाय फस्टाउने छ । माया प्रेममा नजिक हुन सकिनेछ ।

मिथुन

मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ ।

कर्कट

अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ ।

सिंह

स्वास्थ्य सबल हुनाले उपलब्धिमूलक कामहरू गरेर दैनिक जीवन फेरिनेछ । अध्ययन अध्यापनमा प्रगति गर्न सकिनेछ ।

कन्या

यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ ।

तुला

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । अध्ययन अध्यापनमा मन नजाँदा अरूभन्दा पछि परिनेछ ।

वृश्चिक

माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ ।

धनु

आमा वा अग्रजको सुझावलाई मनन गर्दै अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन लाभ हुनेछ ।

मकर

उद्योग तथा व्यापार व्यवसायमा ध्यान नदिँदा घाटा सहनुपर्ला । दाजुभाइ तथा छिमेकीको साथ नपाइने हुँदा मन खिन्न रहनेछ ।

कुम्भ

बोलीको प्रभाव बढ्ने हुँदा बोलीकै भरमा कामहरू हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ ।

मीन

पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुने योग रहेको छ ।

ज्यो. .प. शेषकान्त उपाध्यायको सहयोगमा तयार पारिएको