काठमाडौ
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् छिट्टै पूर्ण हुने संकेत दिनुभएको छ । ज प्रतिनिधि सभा बैठकमा भाग लिएपछि पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनुभएको हो । ।
अहिले सरकारमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री सहभागी छन्।
सरकार गठन भएको २ महिना सम्म पनि प्रधानमन्त्रीले भागवण्डा मिलाउन नसककेको आरोप विपक्षी दलको छ । अहिले १७ मन्त्रालय प्रधानमन्चीले नै चलाएका छन् । देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम छनोट हुन सकेको छैन ।
नेकपा एकीकृत समाजवादीले भने अध्यादेश पारित हुनुपर्ने बताइरहेको छभने जसपा राजनीतिक दल सम्बन्धी अध्यादेश निष्कृय बनाएपछि मात्रै सरकारमा जान इच्छुक छ। जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिमन्डलले पूर्णता पाउने बताए।
त्यस्तै सत्तागठबन्धनभित्रै मन्त्रिपरिषद विस्तार कहिले गर्ने भन्नेमा एकमत देखिएको छैन।
प्रतिक्रिया