लोकसेवा आयोगको कार्यालय अगाडी परिक्षार्थीको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकसेवा आयोगको कार्यालय अगाडी परिक्षार्थीहरुले धर्ना दिएका छन् । लोकसेवा आयोगले अधिकृत पदको परीक्षाको सबै चरण पूरा गरेर पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर नतिजा प्रकाशन भएको छैन ।

नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने ?’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो ?’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।