काठमाडौ /आज बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट बहुमतले पारित गरेको छ । एमालेले चर्को विरोध गरिरहेका बेला सो विद्येयक स्वीकृत गरिएको हो ।
एमालेको बैठकमै नारावाजी गरिरहेका बेला सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको बताएका थिए।
बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो। अव भने सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। अव सो विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन प्रमाणिकरण गर्नुपर्नेछ।
गत भदौ २५ गते तत्कालिन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् बजेट प्रतिस्थापन विधेयक ल्याएको थियो।
प्रतिक्रिया