काठमाडौं । आज असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसनर दशैं तिहारलाई लक्षित गरेर असोज ४ गतेदेखि नयाँ नोट सटहीको व्यवस्था गरिएको हा। सो व्यवस्था अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका साना नोट साट्न पाइनेछ । त्यो भन्दा बढी साट्न ५ सय र १ हजारका नयाँ नोट लिन पनि सक्ने छ ।
अघिल्ला वर्षहरुमा नेपाल राष्ट्र बैंकले केन्द्रिय बैंकमै लाइन लगाएर नयाँ नोट साट्ने व्यवस्था गर्थ्यो । तर, यो वर्ष भने सम्पूर्ण वाणिज्य बैंकहरु मार्फत नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको हो ।
आजदेखि नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय, सबै वाणिज्य बैंकका १० वटा शाखा र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सटही गर्न सकिने उनले बताए । यस वर्ष विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण वाणिज्य बैंकहरु मार्फत नोट साट्ने व्यवस्था गरेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकसँग अहिले २ सय अर्ब अर्थात २ खर्ब रुपैयाँ नोट छन् ।बैंकका अनुसार अहिले राष्ट्र बैंकमा ठूला र साना दरका गरी कुल २ खर्ब रुपैयाँका नयाँ नोट छन् । विगतमा चार्डपर्व लक्षित गर्दै साना दर ५ देखि १०० रुपैयाँसम्मको १० देखि १२ अर्ब र ठूला दर अर्थात ५ सय र १ हजार रुपैयाँको ३० अब रुपैयाँसम्म नयाँ नोट सटही हुने गरेको थियो । राष्ट्र बैंकले यो वर्ष ४० अर्बको हाराहारीमा नयाँ नोट बजारमा वितरण हुने अनुमान गरेको छ ।
प्रतिक्रिया