काठमाडौँ । आज मिति २०७८ आश्विन ४ गते तद्अनुसार सेप्टेम्बर २० तारिक सोमबारको तपाँईको राशिफल यसप्रकार रहेको छ ।
मेषःचु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्ने ।
वृषः इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज नयाँ र शुभ समाचार सुन्न पाइएला । प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन ःका, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
सिंहःमा, मि, मु, मे, मो, टा, टि, टु,टे
आज मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्याःटो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।
तुलाः रा, रि, रु, रे, रो, ता, ति, तु, ते
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।
वृश्चिक ःतो, ना, नि, नु, ने, नो, या, यि, यु
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
धनुःये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात गर्न सकिनेछ ।
मकर ःभो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।
कुम्भःगु, गे, गो, सा, सि, सु, से, सो, दा
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।
मीन ःदि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।
(ज्योतिष पण्डित नारायणप्रसाद दुलालको सहयोगमा तयार गरिएकों)
प्रतिक्रिया