काठमाडौ
नेकपा एमालेको स्थायी कमिटी बैठकमा तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको छ । ति प्रस्तावमा आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा छलफल हुने छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल भएको प्रचार विभागले जनाएका् छ ।
तीनवटै प्रस्तावको स्थायी कमिटी सदस्यले अध्ययन गरेर सुझाव दिने क्रम सुरु भएको छ । आइतबारको बैठकमा अमृतकुमार बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले आफ्ना विचार राखेका थिए ।अर्को बैठक सोमबार एक बजे बस्ने जनाइएको छ।
सोमबारको बैठकमा बाँकी स्थायी समिति सदस्यहरुले आफ्नो सुझाव राखेर तीनवटै प्रतिवेदनलाई आवश्यक सुझावका आधारमा परिमार्जन गरेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीमा अनुमोदनका लागि पेश गर्ने तयारी छ । केन्द्रीय बैठकमा आएका सुझावलाई समेत समेटेर ती प्रस्ताव विधान महाधिवेशनमा पेश हुनेछन् ।
प्रतिक्रिया