काठमाडौ /कोरोना संक्रमण गत साताको तुलनामा घटेको छ । गत साता सम्म दैनिक १५ सय भन्दा बढिमा कोरोना संक्रमण देखिएको थियो भने आज ७३४ लाई देखिएको छ । आइतवार देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार सोही अवधिमा झण्डै दोब्बर संख्यामा अर्थात १४१३ जनासंक्रमणमुक्त भएक छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् भने ११७ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया