आजको मौसमः कंही भारी वर्षा कहीं खुलेको आकाश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ /मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबर बिहान मौसम देशभर सामान्यतया सफादेखि आंशिक धेरैजसो खुलेको, थोरै बादल लागेको सम्म बदली छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि समान्य वदली भइ केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

त्यस्तै राति साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

साथै यसत्र क्रममा प्रदेश नं १ , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।