शनिवार घुम्न जाने योजना त छैन ? मौसमको जानकारी लिनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।

नेपालमा अहिले भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको पनि मौसमविदले जनाएका छन् ।

गतिखेर देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थान तथा प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थान मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।