नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले गठबंधन सरकारले राजनीतिक पुर्वाग्रह राखेर आफ्नो कामसङ्ग कुनै सम्बन्ध नभएको कुरामा स्पष्टीकरण सोधेको बताउनु भएको छ । सरकारले आइतबार आफुलाइ केहि राजनीतिक विषयबारे आफुले गरेको व्यक्तिगत टिप्पणीलाई आधार बनाएर तथा हटाउने नियतका साथ स्पष्टीकरण सोधिएको बताउनुभयो । “मलाई सामाजिक संजालमा सरकारको विरोध गरेको, नेताहरूको आलोचना गरेको र अदालतको फैसलामा टिप्पणी गरेकोले तपाईलाई किन नहटाउने ? भन्दै सोधिएको छ यी मध्ये कुनै पनि कुरा मेरो पदीय दायित्व र जिम्मेवारी सङ्ग सम्भधित छैनन”। सम्मेलनमा महाप्रबन्धक भट्टराईले नेपालमा पुर्वाधार, जनशक्ति र अध्ययन अध्य्यापन समेत नहुने रेल्वे संचालन जस्तो कुरालाई शून्यबाट सुरु गरि येसै महिना भित्र रेल चल्ने अवस्थामा ल्याएको र अन्तिम घडीमा रेल संचालनलाई नै अन्न्योलमा पार्ने गरि निकाल्न खोजिएको पनि बताउनुभयो । आफूले पदको निरन्तरता भन्दा पनि नेपालमा रेल चल्ने कुरा लाई बढी प्राथमिकता दिएकोले हटाइने कुराले बिचलित नहुने र अप्रासंगिक कुरामा सोधिएको स्पष्टीकरणको जवाफ समेत नदिने कुरा समेत उहाँले बताउनु भयो । “राजनीतिक प्रश्नको जवाफ महाप्रबन्धकको कुर्सीबाट होइन मैदानमा दिनेछु” , उहाँको भनाइ थियो ।
प्रतिक्रिया