साउन २० ,काठमाडौं।
नेपालमा कोरोना संक्रमण भई ज्यान गुमाउनेको संख्या झन्डै १० हजार नजिक पुगेको छ। आज देशभरबाट ३५ जनाको मृत्यु भएसंगै मृतक संख्या ९ हजार ९ सय ५७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धि अद्यावधि जानकारीमा यसो उल्लेख गरेको छ।
मन्त्रालयको वेब साइटमा अपलोड गरिएको जानकारी अनुसार गत २४ घन्टामा १६ हजार २ सय ९८ जनाको परिक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पनि देखिएको छ। ति मध्ये ४ हजार ९ सय ४४ जनाको अण्टिजेन परिक्षण गर्दा १ हजार १ सय ३२ जनामा र ११ हजार ३ सय ५४ जनाको आरटि-पिसिआर परिक्षण गर्दा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ। योसंगै देशभर कुल संक्रमित संख्या ७ लाख ५ हजार ७२ पुगेको छ।
यता पछिलो २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोना मुक्त भएका छन्। हाल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३३ हजार ४ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ७८ जना क्वारेण्टाईनमा छन्। हाल सम्म देशभर ३६ लाख ४४ हजार ४ सय ७२ जनाको पिसिआर गरिसकिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हाल १ सय ५६ जना भेण्टीलेटरमा उपचाररत रहेका छन्।
नेपालमा सक्रिय संक्रमित दर ४.७५ प्रतिशत छ भने निको हुने दर र मृत्यु हुने क्रमश:९३.८४ प्रतिशत र १.४१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया