सक्रिय संक्रमित र मृत्यु दर संगै वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साउन १८ ,काठमाडौं।
नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या वृद्धि भएको छ। गत २४ घण्टामा सक्रिय संक्रमण दर शुन्य दशमलव शुन्य तीन प्रतिशतले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक जानकारी अनुसार सो नतिजा आएको छ।हाल देशभर ४.५२ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। देशभरबाट आज ३ हजार १ सय २५ जना संक्रमित थपिए संगै कुल संक्रमित संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको संगै सक्रिय संक्रमित दर वृद्धि भएको हो। हिजो सम्म सक्रिय संक्रमित संख्या ४.४९ प्रतिशत रहेको थियो।
साथै मृत्यु दर पनि बढेको मन्त्रालयले जनाएको छ। गत २४ घन्टामा शुन्य दशमलव शुन्य एक प्रतिशतले मृत्यु दर बढेको उक्त सुचनामा उल्लेख छ। आज भएको २३ जना संक्रमितको मृत्यु संगै देशभर कुल मृतक संख्या ९ हजार ८ सय ९८ पुगेको छ। नेपालको कुल मृत्यु दर १.४१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज देशभरबाट १३ हजार ८ सय ११ जनाको परिक्षण गरिएको थियो। पछिलो २४ घण्टामा १ हजार ९ सय २५ जना संक्रमित निको भएका छन। देशभर कुल निको हुने संख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ। नेपालमा निको हुने दर ९४.०६ प्रतिशत रहेको छ। आज निको हुने दरमा कमि भएको देखिएको छ । हाल देशभर ६ सय ९० जना सघन उपचार कक्षमा ,१ सय ७५ जना भेन्टिलेटरमा ,२८ हजार ४ सय ५ जना होम आईशोलेशनमा ,३ हजार २ सय २४ जना संस्थागत आईशोलेशनमा र ३ सय ६८ जना क्वारेण्टाईनमा छन्।