साउन १७,काठमाडौं।
नेपालमा कोरोना संक्रमित बिरामीहरुको संख्या करिब ७ लाख पुगेको छ। नेपाल भरि संक्रमित संख्या ६ लाख ६ लाख ९७ हजार ३ सय ७० पुगेको छ। आज देशभरबाट २ हजार ५ सय ६८ जना संक्रमित थपिए संगै कुल संक्रमित संख्या ७ लाख नजिक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले भाईबर मार्फत गराएको अद्यावधि जानकारी अनुसार पछिलो २४ घण्टामा १२ हजार ६ सय ३६ जनाको परिक्षण गर्दा सो नतिजा आएको छ। साथै गत २४ घण्टामा २ हजार २० जना संक्रमण मुक्त पनि भएको मन्त्रालयले जनाएको छ। यो संगै देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १ सय ९७ पुगेको छ। आज ८ हाजर ४ सय २ जनाको पिसिआर तथा ४ हजार २ सय ३४ जनाको अण्टीजेन परिक्षण गरिएको थियो। जस मध्ये १ हजार ९ सय ८१ जनाको पिसिआर मार्फत र ५ सय ८७ जनाको अण्टिनेन मार्फत संक्रमण देखिएको हो।
नेपालमा मृतक संख्या पनि १० हजार पुग्न लागेको हो। आज भएको १८ जना संक्रमितको मृत्यु संगै कुल मृतक संख्या ९ हजार ८ सय ७५ पुगेको छ। हाल नेपालमा मृत्यु दर १.४२ प्रतिशत रहेको मन्त्रालयले जानकारी गराएको छ। नेपालमा सक्रिय संक्रमण दर ४.४९ प्रतिशत छ भने निको दर ९४. १० प्रतिशत रहेको छ। ३१ हजार २ सय ९८ जना अहिले पनि आइसोलेशनमा रहेका छन् भने ३ सय ७५ जना क्वारेण्टाईनमा बस्दै आएका छन्। देशभर ३६ लाख ११ हजार ८ सय ६७ जनाको पिसिआर गरिसकिएको मंत्रालयले जनाएको छ।
प्रतिक्रिया